कडा चेतावनी दिँदै ‘विप्लव’ले निकाल्यो यस्तो विज्ञप्ती !

२०७६ कार्तिक १, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
काठमाडौं – आफ्नो नेता तथा कार्यकर्ताहरु पक्राउ गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारलाई कडा चेतावनी दिएका छन् । आफूहरु जनताको अधिकार र देशको स्वाधीनताको पक्षमा उभिएको बताउँदै यो यात्रामा हिँड्दा अवरोध गर्न खोजे ठीक नहुने उनको चेतावनी छ ।

बिहीबार आफ्नै नाममा एक विज्ञप्ती जारी गर्दै विप्लवले यस्तो कडा चेतावनी दिएका हुन् । राजनीतिक प्रशिक्षण भैरहेको ठाउँबाट आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गर्नु सामाजिक फासीवादी कार्य भएको भन्दै उनले सरकारको कडा निन्दा गरेका हुन्। आफ्ना नेता तथा कार्यकर्तामाथि भएको सरकारी दमनको कडा प्रतिरोध गर्ने पनि उनको चेतावनी छ ।

उनले आफूहरुको वैज्ञानिक समाजवादमा पुग्ने यात्रामा कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् । उनले चेतावनी दिँदै भनेका छन्,‘जसले रोक्न खोज्दैछ अन्तिममा उ नै खरानी हुनेछ । एकीकृत जनक्रान्ति विजयी भैरहनेछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय