सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए , परिवार सम्म यो खबर पुर्याउन सक्दो शेयर गरौ

२०७६ आश्विन २९, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – नेपालीहरुको रोजगारको आकर्षक केन्द्र बनेको दक्षिण कोरियामा एक नेपाली युवाले ज्यान गुमाएका छन्र। यही शिलशिलामा भर्खर मात्र पञ्चपुरी नगरपालिका पलैटे सुर्खेत निवासी २३ बर्षीय थिर बहादुर दर्लामीले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाएका छन्।

उनले काम गर्ने कम्पनीमा फर्मा तान्ने क्रममा सबै फर्मा उनको ज्यान माथि खसेर च्यापिन गई उनको मृत्यू भएको हो। कम्पनीमा काम गर्ने कामदारहरु आ–आफ्नो काममा व्यस्त हुन्छन् सबैले आफ्नो सतर्कता आफैले अपानाउनु पर्छ।

हर्रे,सुर्खेत निवासी हाल दक्षिण कोरियामा कार्यरत ज्ञानु केसी र रवि मगरले नेपाल पब्लिकलाई जानकारी दिएका छन्। यस्ता घटना यहाँ काम गर्नेहरुका लागि कुनै नौलो कुरा त होईन तर अहिले हाम्रै जिल्ला निवासीलाई प¥यो भनी साथै यो घटनाले कोरियामा काम गर्ने सबैलाई मर्माहित बनाएको छ।

त्यसैले यहाँ काम गर्नेहरु सबैको ज्यान ठूलो जोखिमा छ, दक्षिण कोरिया नेपालीहरुको रोजगारीको लागि आकर्षणको केन्द्र मात्र होईन त्यो भन्दा अझ हाम्रो ज्यान जोखिममा छ। धेरै सतर्कता अपनाउनु पर्छ, के नयाँ के पुराना सबैलाई गाह्रो हुन्छ, मेरो पनि हातको दुवै औला काटिएको छ, त्यसैले सबैजना होशियारी हुनु जरुरी छ ज्ञानु केसीले थपे।

कोरिया प्रवेश गर्न साथ सबै कुरा कम्पनीले व्यहोर्ने भएतापनि स्वास्थ्य विमा कार्ड लगायतका केही कुरा प्राप्त गर्न केही समय पर्खनु पर्ने भएकोले थिर बहादुरको लासलाई नेपाल ल्याउन केही दिन लाग्ने साथै घटनास्थल सम्म पुगेर लास नेपाल पठाउने प्रक्रियामा जुटेकाहरुलाई कठिनाई भएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार