बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साहविरूद्ध पक्राउ पूर्जी जारी

२०७६ आश्विन २८, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुर – जहाज डिले भएको झोकमा जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने प्रतिनीधिसभाका सांसद प्रमोद साहविरूद्ध जिल्ला अदालत जनकपुरले प क्राउ पूर्जी जारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले सांसद साहविरूद्ध मंगलबार प क्राउ पूर्जी जारी गरेको हो। काठमाडौंमा रहेका सांसद साहलाई प क्राउ गरेर बुझाउन जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरी कार्यालयलाई मंगलबार पत्र लेखेको छ । धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार सांसद साहलाई प क्राउ गर्न पत्र काठमाडौं पठाउने प्रकृया थालिएको छ ।

नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै सांसद साह विरुद्ध सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दिएका थिए । एसपी खनालले सांसद साहलाई पक्राउ गरेर धनुषा प्रहरीको जिम्मा लगाएपछि कार्वाहीको प्रकृया अगाडि बढाइने बताए ।

सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अ भद्र व्यवहार गरेका थिए। समयमा जहाज नआएको भन्दै सांसद साहले सोमबार दिउँसो बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा अ भद्र व्यवहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय