जसले चिँनीया राष्ट्रपतिलाई कालो झण्डा देखाउने प्रयास गरे…

२०७६ आश्विन २७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – नेपाली कांग्रेस निकट अधिकारकर्मी तथा वकिलहरुको समुहले चिनियाँ राष्ट्रपतिलाई कालो झण्डा देखाउने प्रयास विफल भएको छ।
कपिल श्रेष्ठ, अधिवक्ता दिनेश त्रिपाठी, इन्द्र अर्याल, महामुनी आचार्य लगायत अन्य केही नेपाली कांग्रेस निकट अधिकारकर्मी र वकिलको समुहले चिनियाँ राष्ट्रपतिलाई शनिबार कालो झण्डा देखाउने योजना बनाएको थियो। उक्त दिनको प्रयास असम्भव भएपछि शनिबार राति अनामनगर स्थित इन्द्र अर्यालको अफिसमा आपतकालीन बैठक बसि मूल सडकमा कालो झण्डा देखाउन असम्भव नभएकाले सडकका भित्री स्थानमा भए पनि विरोध कार्यक्रम गर्ने निर्णय गरेको थियो। तर सुरक्षाकर्मीको तदरुकताले गर्दा उनिहरुको उक्त प्रयास पनि असफल भएको छ।
यी व्यक्तिहरु माथि मानवअधिकारकाे नाममा पश्चिमा राष्ट्रबाट रकम ल्याई देशमा अस्थिरतालाई मलजल गर्ने गरेकाे आराेप लाग्दै आएकाे छ।

अर्यालकाे एनजियाेले निर्मला हत्याकाण्ड प्रकरणमा स्थलगत भ्रमण भन्दै जथाभावी रिपोर्ट बनाई घटनालाई अन्तराष्ट्रियकरण गर्न विभिन्न आइएनजियाेबाट रकम पनि लिएकाे सुत्रले जनाएकाे छ। अर्यालकाे उक्त रिपोर्टलाई आधार बनाई पिडित बम दिदीबहिनीले अर्यालमाथि मानहानीकाे मुद्दा दायर गरेका छन। उक्त मुद्दा जिल्ला अदालत कञ्चनपुरमा बिचाराधिन छ।

निर्मला हत्याको बिराेधमा वास्तविक अपराधीलाई बचाउने उदेश्यका साथ आन्दोलनमा लागि परेका उक्त समुहका केहि व्यक्तीहरु आफुहरुलाई देशमा असुरक्षा भएकाे भन्दै नक्कली रिपोर्ट तयार पारि नक्कली शरणार्थीकाे रुपमा आइसल्याण्ड जाने तयारीमा रहेकाे सम्बद्ध सुत्रले जानकारी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार