काँग्रेसको चियापानमा ओलीले भने – देउवा र म ४५ वर्षदेखिको साथी हो

२०७६ आश्विन २६, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरुसँग आफ्नो लामो सयमदेखिको सहकार्य रहेको बताएका छन् । दशैं तिहार लगायतका चाँडपर्वको अवसरपारेर कांग्रेसले आयोजना गरेको चियापानमा सहभागी हुन कांग्रेस कार्यालय सानेपा पुगेका प्रधानमन्त्री ओलीले सभापति शेरबहादुर देउवा र आफू ४५ वर्षदेखिको साथी भएको बताए ।

शेरबहादुर देउवा र म ४५ वर्षदेखिका साथी हौं । सँगै जेल बसेका छौं । लोकतन्त्रका लागि सँगै लडेका छौं’ उनले भने,‘रामचन्द्र पौडेलजी पनि त्यतिबेला देखिकै साथी हो ।’

चाँडपर्वले आपसी सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुग्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘हामी सबैले यस्ता चाँडहरु मान्ने परिपाटीलाई निरन्तरता दिन जरुरी छ’ प्रधानमन्त्रीले भने,‘ यो शोखमा मात्र तयार भएको होइन । यस्ता चाँडहरु सुसम्बन्ध बनाइ राख्न बनेको हो ।’ परम्पराका नाममा नराम्रा काम र आदतहरुबाट जोगिनुपर्ने र असल परम्परालाई अघि बढाउनुपर्ने ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय