
काठमाडौं – चिनियाँ राष्ट्रपति सी यतिबेला नेपालमा छन् । उनी दुईदिने राजकिय भ्रमणका लागि नेपाल आएका हुन् । सभामुखको हैसियतमा थुपैपटक सिलाई भेटेका कृष्णबहादुर महरा भने यतिबेला प्रहरी हिरा सतमा छन् । महिला कर्मचारीमाथि यौ न दुव्र्य वहार गरेको आ रोपमा प्रहरीले उनलाई असोज १९ गते सभामुखको सरकारी निवासबाटै प क्राउ गरेको थियो । महरा चीनसँग नजिकका नेता मानिन्छन्।
तर, विडम्बना चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा उनी प्रहरी हिरा सतमा छन् । २३ वर्षपछि चीनबाट राष्ट्रपति नेपाल भ्रमणका लागि आएका हुन् । यस्तो ऐतिहाँसिक समयमा आफुले भेट गर्न नपाउँदा उनी निकै दु खी भएको बताइएको छ । सि को स्वागतमा अहिले पुरै नेपाल लागेको छ । तर, महरा भने महिलामाथिको यौ न दुव्र्य वहारको आ रोपमा प्रहरी हिरा सतमा छन् । सभामुखको हैसियतामा उनले धेरै पटक चीनको औपचारिक भ्रमण गरेका थिए । चिनियाँ राष्ट्रपति सी नेपाल आउँदापनि उनलाई भेट्न नपाउँदा महरा दुःखी रहेको स्रोतको दाबी छ ।

उनी यतिवेला प्रहरी हिरा सतमा पुस्तक अध्ययन गरेर दिन काटिरहेका छन् । उनलाइ भेट्न अहिलेसम्म कोही पनि नेता गएका छैनन् । हुन त उनले पनि कसैलाई भेट्न नचाहेको बुझिएको छ । स्वास्थ्यमा केही समस्या आएपछि महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनको श्वाँसप्रश्वासँमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अस्पतालबाट उनीसँग प्रहरीले पहिलो चरणको बयान समेत लिईसकेको छ ।