
काठमाडौं – महिलासहित प’क्राउ परेका कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोज बहादुर ऐडी वि’रुद्ध सा’र्वजनिक अ’पराध मु’द्दा दर्ता भएको छ।
बेलौरीस्थित महिलाकै घरबाट कार्यालय प्रमुख ऐडी र विवाहित ३४ बर्षीया महिला यौ’न क्रि’याकलाप संलग्न भइरहेको अबस्थामा प’क्राउ परेका हुन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

इलाका प्रहरी कार्यालय बेलौरीले बुधबार राति दुवैजनालाई प’क्राउ गरेको जनाएको छ । ईप्रका बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका घर परिवारले दिएको उ’जुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आ’पत्तिजनक अवस्थामा प’क्राउ गरिएको बताए।
‘हामीले उनीहरुलाई प’क्राउ गरेका होईनौँ, ‘प्रहरी निरीक्षक चन्दले भने, ‘उजुरीका आधारमा घटना बारे सोधपुछ गर्नका लागि मात्रै ल्याएका हौँ।’ उनीहरुलाई एक रात हि’रासतमा राखेर दुवैका परिवारलाई प्रहरीले ईप्रका बेलौरीमा बोलाएको छ।
कहिले बेलौरी नगरपालिका प्रमुख कहिले मालपोत कार्यालय बेलौरीका प्रमुखको जिम्मेबारी पाएर काम गर्दै आएका ऐडी दसैं विदामासमेत घर गएका थिएनन्।
डडेल्धुरा घए भएका उनी दसैंमा घर जान छाडेर ती विवाहित महिलाको घरमा भेटिएपछि घर परिवारले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।
उनीहरुमाथी कुन प्रकृतिको मु’द्दा चलाउने वा दुवैलाई परिवारले जिम्मा दिने विषयमा बेलौरी प्रहरी अन्यौल परेको छ।