ओली–प्रचण्डलाई यसो भनेको भए महराको यो दिन नआउने रहेछ ..

२०७६ आश्विन २४, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमै कार्यरत रोशनी शाहीले १२ असोजको राति तिनकुनेस्थित आफ्नै डेरामा आएर यौन दुव्र्यवहार गरेको आरोप लगाइन् ।

एक अनलाइनमार्फत बाहिर आएको शाहीको अन्तर्वार्तामा महराले मदिरा पिएर आफूमाथि ‘ब ला त्का रै’ गरेको आरोपे थियो । धेरैलाई यो कुरा पत्याउन गाह्रो भएको थियो । मुलुकको पाचौं नम्बरको भीभीआईपीमाथि यस्तो आरोप लाग्दा सामान्यतः कसैले पनि पत्याउन सक्ने कुरा थिएन । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरालाई उनीमाथि लागेको अभियोगबारे सुरुमै सोधेका थिए । महराले आफू शाहीको डेरामा नगएको जवाफ ओली–प्रचण्डलाई दिए ।

उनले सचिवालयले आरोप कपोलकल्पित र निराधार भन्दै महराको राजनीतिक उचाइबाट आत्तिएकाहरुले गलत प्रचार गरेको बतायो । तर, प्रचण्ड–ओली महराको भनाइबाट मात्र आश्वस्त हुन सकेनन् र प्रहरी अधिकारीहरुलाई बालुवाटार बोलाए । त्यस दिनको महराको लोकेशनबारे सोधे । प्रहरी अधिकारीले पनि महरा त्यसदिन राति तिनकुने क्षेत्रमा गएको बताए । त्यतिले मात्र नभई ओली–प्रचण्डले महरा निवास बालुवाटार र तिनकुने क्षेत्रको सिसिटिभी फुटेज मगाएर हेरे ।

जसमा महरा त्यहाँ गएको देखियो । त्यसपछि ओली–प्रचण्डले सभामुखबाट हटाउने निर्णय गरिसकेका थिए । जब आफू गएको प्रमाण ओली–प्रचण्डले जुटाए, तब मात्र महराले आफू गएको र त्यसबारे झुठो बोलेर आफूले गल्ती गरेको स्वीकारे । महराले आफू गएको तर, शाहीले आरोपित गरे जस्तो ब ला त्का र नगरेको जवाफ दिएको भए ओली–प्रचण्डले सभामुखबाटै हटाउन सम्मको कदम चाल्ने थिएनन् ।

ओलीनिकट स्रोतका अनुसार महराले आफू शाहीको डेरामा गएको, लामो पारिवारिक सम्बन्ध भएका कारण बेला बेलामा जाने गरेको । त्यस दिन पनि गएको तर, विवाद भएपछि आफू हिंडेको बताएको भए उनको सभामुख पद जाने थिएन । पार्टी र सरकारले महराको ‘डिफेन्ड’ गथ्र्यो । ‘गएर पनि उहाँले गएको छैन भनेर ढाँट्नुभयो’, ओलीका एक सहयोगीले भने, ‘ढाँटेको भन्ने पुष्टि भएपछि दुवै अध्यक्ष उहाँसँग धेरै रिसाउनुभयो र यो घटनाक्रमले यो रुप लियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार