यी कुरामा ध्यान दिनुभयो भने, हाडजोर्नी दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ्

२०७६ आश्विन १०, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

विशेष गरी उमेर ढल्किँदै गएपछि शरीरमा भएको अधिकांश क्याल्सियमको मात्रा हाडजोर्नीले प्रयोग गर्ने गर्दछ र यदि क्याल्सियमको कमि हुन थालेपछि अब हाडजोर्नीमा समस्या आउन थाल्दछ । जोर्नी, लिगामेन्ट र ट्युबमा बढी दबाब पर्छ ।

नसालाई बाहिरी दबाबले थिच्छ र जोर्नी दुख्छन् । यस्तो समस्या वृद्धवृद्धाहरूमा मात्रै होइन, तन्नेरी र प्रौढहरूमा पनि हुने गर्दछ । यो समस्या प्राय चिसो मौसममा धेरै हुने गर्दछ ।

यी कुरामा ध्यान दिनुभयो भने, हाडजोर्नी दुख्ने समस्याबाट छुटकारा पाउनुहुन्छ

१. जोर्नीलाई चिल्लो बनाइराख्नुहोस्

यदि तपाईँलाई हाडजोर्नी दुख्ने समस्या छ भने हाडजोर्नीलाई चिल्लो बनाइराख्नुपर्छ, सुक्खा हुन दिनुहुँदैन ।

माछामा पाइने ‘ओमेगा-३ फ्याटि एसिड’ले जोर्नीसम्बन्धी दुखाईलाई कम गर्नुको साथै त्यसलाई बिस्तारै निको पनि गराउँदै लैजान्छ। त्यसलगायत, गाईको घ्यू, माछाको तेलले पनि हाडजोर्नीको दुखाईलाई कम गराउँदछ ।

२. एउटा खुट्टाले उभ्भिनुहोस्

शरीरलाई सन्तुलनमा राख्ने व्यायामलाई त्यति महत्व दिइँदैन, तर यो अति नै लाभदायी अभ्यास हो। सुरुमा आँखा खोलेरै एउटा खुट्टा उचाल्नुहोस् र बिस्तारै आँखा बन्द गर्नुहोस्, आफ्नो शरीरलाई सन्तुलनमा राख्ने कोशिस गर्नुहोस् ।

गाह्रो हुन्छ भने भित्ताको सहायता पनि लिन सक्नुहुन्छ। दुईवटै खुट्टालाई २-२ मिनेट जति यसरी दैनिक व्यायाम गर्नाले घुँडा र गोलीगाँठाका मांशपेसीलाई मजबुत बनाई शरीरलाई सन्तुलित राख्न मद्दत पुग्दछ ।

३. दूग्धपदार्थबाट बच्नुहोस्

यदि तपाईँलाई बाथरोग जस्तै अन्य हाडजोर्नीको समस्या छ भने अत्याधिक दूग्धपदार्थको सेवन गर्नु उचित हुँदैन । किनभने दूग्ध पदार्थमा अत्याधिक मात्रामा क्याल्सियम हुन्छ र शरीरले यति धेरै क्याल्सियमलाई एकैचोटि पचाउन सक्दैन, जसको कारण हाडजोर्नी सुन्निने समस्या आउन सक्छ ।

बरु त्यसको सट्टा हलुका मात्रामा क्याल्सियम पाइने खानेकुराहरू जस्तै हरियो सागपात, जहु, गेडागुडी खानु हाडजोर्नीको लागि फाइदाजनक हुन्छ ।

४. हिँडडुल गर्न नछोड्नुहोस्

“हिँडिराख्नुपर्छ! दुखेर तड्पिराको बेला हिँड्न नसकुम्ला जस्तो हुनु सामान्य हो, तर तपाईँ हिँड्न सक्दिनँ भनेर जति बस्नुहुन्छ, त्यति नै सताउने गर्छ ।”,

फिजिसियन डा. युसेफ हब्बाब भन्छन्- “एउटै ठाउँमा कुक्रुक्क परेर बस्नुहुँदैन। यदि कम्प्यूटरमा काम गर्दै हुनुहुन्छ भने पनि उठ्नुहोस्, कम्तीमा पनि १ घण्टामा एकचोटि उठेर यताउता गर्नुहोस् ।”

५. सही व्यायाम

दौडने अनि एरोबिक्स गर्नेभन्दा पनि साइकल चलाउने, हिँड्ने जस्ता हलुका व्यायाम गर्नु हाडजोर्नीको लागि फाइदाजनक हुन्छ । त्यसलगायत तपाईँको मेरदण्डलाई सक्रिय बनाउने व्यायाम जस्तै योगा गर्दा पनि उचित हुन्छ ।

६. तौललाई नियन्त्रणमा राख्नुहोस्

“तौल बढ्नु भनेको जोर्नीको लागि एकदमै नराम्रो कुरा हो, किनकी यसले जोर्नीमा बढि दबाब पार्दछ ।”, पोषणविद् शोना विल्कन्सन भन्छिन्- “हरेक १ किलो तौल बढ्दा हाम्रो घुँडामा दोब्बर दबाब पर्दछ। त्यसैले थोरै मात्रै तौल घटाउन सक्यो भने पनि जोर्नीमा हलुका भएपनि राहत हुन्छ ।”

जाडोमा घुँडा वा जोर्नी दुख्ने

दिन प्रति दिन जाडोयम बढ्दै गएको छ । यतिबेला जोर्नी तथा घुँडा दुख्ने समस्या बढ्न सक्छ । कतिसमय अवस्थामा त घुँडा दुखाईले सामान्य हिँडडुल गर्न समस्या हुन्छ ।

अदुवा

अदुवा यस्तो औषधि हो जसले घुँडाको दुखाईमा रामवाणको काम गर्छ । यसलाई चियाँसग सेवन गर्न सकिन्छ । अथवा यसको रस पिउँदा पनि हुन्छ । साथै महसँग पनि यसको सेवन गर्न सकिन्छ ।

कागती

कागतीको सेवनले पनि घुँडाको दुखाई पनि शान्त गर्छ । यसलाई घुँडामा दल्दा पनि राहत मिल्छ ।

तोरीको तेल

तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने । नियमितरुपमा यसो गर्दा घुँडाको दुखाई पक्कै कम हुन्छ ।

सिधे नुन

घुँडाको दुखाईमा सिधे नुन एकदमै असरदार हुन्छ । यसलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा आराम मिल्छ । यो एउटा घरेलु उपचार हो ।

बेसार

घुँडाको दुखाई भगाउनका लागि बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो । बेसारमा मौजुद रहने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र दुखाई कम गर्न सहयोग गर्छ ।

मेवाको विज

मेवाको बिज अत्यन्तै उपयोगी हुन्छ । यसलाई पिसेर तेलमा लगाएर आफ्नो घुँडामा दल्नुपर्छ दुखाईबाट उन्मुक्ति पाइन्छ ।

गाजर

गाजरले हाम्रो शरीरलाई पौष्टिक तत्व प्रदान गर्छ । यदि घुँडाको दुखाईबाट पिडित हुनुहुन्छ भने बढिभन्दा बढि गाजर खानुपर्छ । यसले शरीरलाई शक्ति प्रदान गर्नुका साथै घुँडाको दुखाईबाट छुट्कारा दिलाउँछ ।

मेथीको बिज

घुँडाको दुखाई छ भने मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले लगाउनुपर्छ । यसबाट घुँडाको दुखाई शान्त हुन्छ ।

प्याज

प्याजले पनि घुँडाको दुखाईबाट छुट्कारा दिलाउन सक्छ । सोझै प्याज खाएर वा पिसेर घुँडामा लगाउनाले यसबाट लाभ हासिल गर्न सकिन्छ ।

नरिवलको तेल

खुट्टा मर्किएको बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्छ । साथै घुँडाको दुखाईमा पनि यसको प्रयोग गर्न सकिन्छ ।

रातो खुर्सानी

रातो खुर्सानीको प्रयोगले घुँडाको दुखाईमा राहत प्राप्त हुन्छ । यसमा मौजूद केपसाइसिनले पेनकिलरको जस्तै काम गर्छ ।

ओमेगा ३ फ्याटी एसिड

यी फ्याटी एसिडले शरीरलाई शक्ति प्रदान गर्नुका साथै विभिन्न रोगहरुसँग लड्न क्षमता प्रदान गर्छ । यसका लागि बदाम, दुध जस्ता चिजहरु सेवन गर्नुपर्छ । दैनिकरुपमा यी वस्तुहरु सेवन गर्दा घुँडाको दुखाई समाप्त हुन्छ ।

क्याल्सियमयुक्त खाना

क्याल्सियमयुक्त खानाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । शरीरमा क्याल्सियमको कमिले गर्दा नै हड्डीको दुखाई उत्पन्न हुने हो । त्यसैले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ ।

एक्सरसाइज

घुँडाको दुखाई हुनेहरुले नियमित एक्सरसाइज गर्नु आवश्यक छ ।

योगा

योगा गर्नु धेरै हिसाबले लाभदायक छ । कठिन शारिरीक अभ्यासबिनै आफूलाई स्वस्थ राख्न चाहने हो भने नियमित योगा गर्नुपर्छ । यसले घुँडाको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय