दैनिक एकै किसिमको खानाले पार्छ शरीरमा नकारात्मक असर

२०७६ आश्विन ९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

एजेन्सी – मानिस स्वस्थ रहनको लागि बिभिन्न कुराहरुमा ध्यान पुर्याउनु आवश्यक हुन्छ । हामी नेपालीको बानी नै छ कि बिहान् होस् या त साँझ, दैनिक एकै किसिमको खाना खाने । जबकी तपाईले जतिनै पौष्टिक तत्व भएका खाना खाएपनि त्यसले शरीरमा नकारात्मक असर पार्छ ।

धेरै नेपालीहरु दैनिक साँझ र बिहान समेत खानामा दाल, भात र तरकारीको प्रयोग गर्ने गरेका छन् । तर, विभिन्न अध्ययनहरुले यसरी दैनिक एकै प्रकारको खाना नियमित खानु स्वास्थ्यको लागि राम्रो नभएको बताएका छन् ।

समय अभावका कारण होस् या त अरु विविध कारणले हामीहरु घर बाहिर खाना खान जाँदा पनि घरमा खाने खानालाई नै प्राथमिकतामा राख्ने गरेका छौं । तर, चिकित्सकहरुको खोजलाई आधार मान्ने हो भने त्यस्तो बानीले हामीलाई समस्यामा पारिरहेको हुनसक्छ ।

चिकित्सकहरुले यसरी दैनिक एउटै खानेकुरा खाँदा त्यो खाना अस्वस्थकर हुने ५ कारण बताएका छन् । हाम्रो शरीरले जहिले पनि नयाँ स्वाद, आकार र बनावट खोजिरहेको हुन्छ । त्यस्तो अवस्थामा सकेसम्म दैनिक फरक खानेकुरा खानु स्वास्थ्यको लागि अति आवश्यक हुन्छ । चिकित्सकहरुले खाना र खाजामा समेत एकै किसिको पौष्टिक आहार हुन नहुने बताएका छन् । यसरी एकै प्रकारको खाना खाँदा हुने समस्यालाई उनीहरुले बुँदागत रुपमा यसरी व्याख्या गरेका छन् ।

पोषण (न्युट्रेशन )को कमी

हाम्रो शरीरलाई स्वच्छ राख्नको लागि शरीरमा सबै किसिमका पोषक तत्वहरुको जरुरत पर्दछ । त्यसमा पनि सही तरिकासँग शरीरको सञ्चालनको लागि कस्तो किसिमको पोषक तत्वलाई बढी महत्व दिने भन्ने कुरा चिकित्सकहरुको सल्लाह अनुसार गर्नुपर्ने हुन्छ ।

तर, दैनिक सन्तुलित आहारको लागि फरक किसिमको स्वाद र परिकार भने आवश्यक हुन्छ । हामीलाई चाहिने सबै किसिमका पौष्टिकहरु हाम्रो खाना र फलफूलबाट नै पाउने गरिन्छ । त्यसको लागि सबैभन्दा आवश्यक कुरा हो फलफूलहरुको नियमित सेवन । त्यसैले न्युट्रेशनको कमी पूरा गर्न मद्दत गरेको हुन्छ । तर, एकै किसिमको फलफूलपनि नियमित खानु हुँदैन । यसमा समेत विविधता ल्याउनु पर्दछ ।

पेटको स्वास्थ्यलाई नोक्सान पुर्‍याउँछ

यदि हामी दैनिक एकै प्रकारको खाना खान्छौं भने यसले हाम्रो पेटमा समस्या सिर्जना गर्नसक्छ । जसका कारण पेटमा रोगविरुद्ध लड्ने क्षमताको विस्तारै कमी हुँदै जान्छ । अर्थात् अलग प्रकारको पौष्टिक तत्वको प्रयोगले हाम्रो रोग प्रतिरक्षा प्रणालीमा बढावा दिनुका साथैं पाचन प्रणालीलाई समेत राम्रो गर्नेगर्दछ । यसको लागि आफ्नो पौष्टिक आहारमा फलफूलहरु, सागपात आदिको सहि प्रयोग गर्नुपर्दछ ।

वजन घटाउन समस्या

हामीले दैनिक खाने खानामा भिन्नभिन्न पौष्टिक तत्वको प्रयोग गरेनौं भने हाम्