किन क’न्ड’म प्रयोग गर्न मान्दैनन् केटाहरु ?

२०७६ मंसिर २, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डौ – अमेरिकामा गरिएको एक अध्ययनले अमेरिकी युवाले यौ’न सम्पर्कको समयमा क’न्डम’को प्रयोग गर्ने रुचिमा कमी आएको देखाएको छ । इन्डियाना विश्वविद्यालयले गरेको एक अध्ययनले युवामा कन्ड’मको प्रयोग गर्नुपर्छ भन्ने मानसिकता घट्दै गएको देखाएको हो।

सन् २००२ देखि २०१० सम्ममा आफ्नो पहिलो यौ’न सम्पर्कको समयमा करिब ८० प्रतिशत युवाले कन्ड’मको प्रयोग गर्ने बताएका थिए। तर हालै गरिएको अध्ययनले सो संख्या घटेको देखाएको छ।

उक्त अनुसन्धानका प्रमुख डेबी हेर्बिनिकले युवामा कन्ड’मको बारेमा गलत धारणा रहेको तथा उनीहरुमा ग’र्भ रोक्न मात्र कन्डम प्रयोग हुने बुझाइ रहेको बताइन्। साथै उनले युवाहरुमा यौ’न सम्पर्कको समयमा कन्ड’मको प्रयोग गर्दा पूर्ण रुपमा सन्तुष्टी पाइँदैन भन्ने गलत धारणा रहेको बताइन्।

‘कन्डम गर्भ रोक्न मात्र प्रयोग गर्ने होइन, अहिले महिलाहरु असुरक्षित गर्भ रोक्न पिल्स तथा अन्य गर्भ निरोधक साधन प्रयोग गर्छन् जुन राम्रो पक्ष हो, तर कन्ड’मको प्रयोगले अन्य यौन रोग सर्न दिँदैन,’ उनले भनिन्। उनले आफ्नो यौ’न साथीमा कुनै यौ’न रोग भए नभएको थहाँ नहुने भएकाले कन्ड’मको प्रयोग अत्यन्तै जरुरी भएको बताइन्।

उनले युवामा भएको अश्लिल चलचित्र हेर्ने बानीका कारण पनि कन्ड’मको प्रयोग घटेको हो। उनले भनिन् ‘अहिले धेरै युवाहरुले अश्लिल चलचित्र हेरेर यौ’न जीवनका बारेमा जानकारी लिन्छन्, उनीहरुले त्यहाँ यौ’न सम्पर्कको समयमा कन्डमको प्रयोग भएको देख्दैनन् र परिणाम स्वरुप उनीहरु पनि कन्ड’म प्रयोग गर्न रुचाउँदैनन्,’ उनले भनिन्, ‘म सधै युवाले कन्ड’मको प्रयोग गरोस् भन्ने चहान्न तर आफ्नो पार्टन’रभन्दा दोस्रो महिलासँग यौन सम्पर्क राख्ने हो भने कन्ड’मको प्रयोग गर्नु अत्यन्त जरुरी छ’ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय