आफ्ना छोराछोरीलाई कुन उमेरमा यौ’न शिक्षा दिनुपर्छ ?

२०७६ मंसिर १, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडाैं – नेपालीहरुमा यौन शिक्षा लिने उपयुक्त माध्यम छैन । अर्थात यो जीवनको गम्भीर कुरा हो र यसलाई सबैले बुझ्ने गरी उचित व्यवस्थापन गर्ने शिक्षा दिनुपर्छ भन्ने कुरा थाहा भए पनि सरकारी निकायले यसलाई महत्व दिएको छैन ।

केही गैरसरकारी संस्थाले यसका बारेमा चासो देखाए पनि नेपाली समाजले यसलाई शिक्षायोग्य मानेको छैन । यही कारण समाजमा बलात्कार, हाडनाता करणी, यौनमा असन्तुष्टि र आत्महत्या जस्ता दुःखद घटनाहरु घटेका छन् ।

आमाबुवालाई के भ्रम हुन्छ भने मेरा छोराछोरीले यौन सम्पर्क गरेका छैनन्, हस्तमैथुन पनि गर्दैनन् । अरुका सन्तानभन्दा सोझा छन् । तर, यथार्थ त्यस्तो हुँदैन

यौन सबैको अनिवार्य आवश्यकता भए पनि नेपाली समाजमा यो कति आवश्यक हो भनेर हामी कहिल्यै सार्वजनिक चर्चा गर्दैनौं ।

मानव यौनिकतासँग जैविक, भावनात्मक, शारिरीक र आध्यात्मिक पक्षहरु हुन्छन् । जैविक पक्ष भन्नाले प्रजनन् स्वस्थ्यसँग सम्बन्धित हुन्छ । भावनात्मक वा शारीरिक भन्नाले दुई व्यक्तिवीचको सामीप्य र उसले प्रस्तुत गर्ने भावना, माया, विश्वास र हेरचाह पर्दछन् । आध्यात्मिक पक्षमा दुई व्यक्तिवीच कुनै न कुनै, कतै न कतै सम्वन्ध छ भन्ने बुझिन्छ ।

परम्पराअुनसार किशोर किशोरी र कम उमेरका बालबालिकालाई यौनसम्बन्धी जानकारी दिइँदैन र यस विषयलाई खुलेर कुरा गर्नु नहुने मान्यता राख्छन् । एउटा किशोर वा किशोरी विवाहका लागि तयार हुँदासम्म पनि यौनको विषयमा छलफल गरिँदैन । धेरैजसो यौनका विषयहरुका बारेमा साथी, सञ्चारमाध्यम वा बाहिरी माध्यमवाट मात्र थाहा हुन्छ, जसका कारण ती जानकारी अपर्याप्त हुने र त्यसले फरक मान्यता सिक्ने हुन्छ ।

किशोर किशोरीलाई यौनप्रति निकै चासो हुनु स्वाभाविकै हो । यस्तो चासोका कारण यौनसम्बन्धी कुनै गलत सूचना उनीहरुले पाए भने त्यसले उनीहरुको यौन जीवन समस्यामा पनि पर्न सक्छ । यसले उनीहरुका यौन अङ्गमा विकृति आउन सक्छन् ।

किशोरावस्थामा नै यौनसँग सम्वन्धित बढी मात्रामा जिज्ञासाहरु हुन्छन् । तर, हामी जानी नजानी त्यही बेलामा यौनका रहस्यमयी बिषयहरुमा किशोरावस्थामा रहेकाहरुलाई कम जानकारी दिइरहेका हुन्छौं । यसले गर्दा उनीहरुको खुल्दुली अझ ब्यापक हुने गर्छ । यो समस्या नेपालमा मात्र होइन, पश्चिमा देशहरुमा पनि छ ।
तुलनात्मकरुपमा पश्चिमा देश यौनका मामलामा खुला भनिए पनि यौनका विषयमा आवश्यक र प्रभावकारीरुपमा जानकारी नदिइएका कारण सानो उमेरमा नै गर्भवती हुने गरेका तथ्यहरुले देखाएका छन । साथै यौनजन्य रोग पनि पश्चिमी देशमा बढेको पाइएको छ । यसको कारण पनि यौनसँग सम्वन्धित प्रभावकारी र आवश्यक मात्रामा जानकारीहरुको अभाव नै हो । यिनै समस्याहरुलाई कम गर्नका लागि धेरै