दिपेश रोक्का / कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित वृद्धवृद्धा चौतारीको प्रवेशद्वार निर्माणका लागि युवा नेता तथा समाजसेवी देवेन्द्र लुइँटेलले अस्ति बिहीबार ५० हजार १ सय ५५ रुपैयाँ सहयोग गरेका छन्।
सामाजिक उत्तरदायित्व अन्तर्गत लुइँटेलले उक्त रकम सहयोग गरेको चौतारी व्यवस्थापन समितिले जनाएको छ। स्थानीय वृद्धवृद्धालाई सहज, सुरक्षित र व्यवस्थित वातावरण उपलब्ध गराउने उद्देश्यले प्रवेशद्वार निर्माण गर्न लागिएको हो।

लुइँटेल यसअघि पनि शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक क्षेत्रका विभिन्न काममा सक्रिय रहँदै आएका छन्। सामाजिक सेवामा निरन्तर योगदान दिँदै आएका उनका कामको स्थानीयस्तरमा प्रशंसा हुँदै आएको छ।
प्रवेशद्वार निर्माणपछि वृद्धवृद्धा चौतारी थप व्यवस्थित हुने विश्वास गरिएको छ।





