प्रहरी हिरासतबाट फरार गौरादहका यादव पुनः नियन्त्रणमा

२०८२ पुष २३, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा / लागुऔषध मुद्दामा थुनामा रहेका एक युवक फरार भएको करिब चार महिनापछि पुनः पक्राउ परेका छन्।

जेनजी आन्दोलनका क्रममा भाद्र २४ गते इलाका प्रहरी कार्यालय (इप्रका) दमकको हिरासत कक्षबाट भागी फरार रहेका लागुऔषध मुद्दाका थुनुवा झापा जिल्लाको गौरादह नगरपालिका–१ निवासी १९ वर्षीय करण यादवलाई प्रहरीले पक्राउ गरेको हो।

इप्रका दमकबाट खटिएको प्रहरी टोलीले पौष २३ गते दिउँसो दमक नगरपालिका–६ स्थित थानारोड क्षेत्रबाट यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई इप्रका दमकमा ल्याई आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार