कांग्रेस सभापति राईद्वारा सुकुम्बासी वस्तीमा न्यानो कपडा वितरण

२०८२ पुष ५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा / नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नं. ५ (क) का सभापति जीवनकुमार राईले कमल गाउँपालिका–१ स्थित सुकुम्बासी वस्तीमा बसोबास गर्दै आएका विपन्न सन्थाल समुदायका १५० जनालाई न्यानो कपडा वितरण गरेका छन् ।

जाडोयामको कठ्यांग्रिने चिसोलाई मध्यनजर गर्दै मानवीय सहयोग स्वरूप उक्त न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा कमल गाउँपालिका–१ का वडाध्यक्ष केदार कटुवाल, सोही वडाका नेपाली कांग्रेस सभापति भीष्म सुवेदी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सभापति राईले विपन्न तथा सीमान्तकृत समुदायप्रति सहयोग र सद्भाव कांग्रेसको निरन्तर दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने बताए ।

त्यस्तै, वडाध्यक्ष केदार कटुवालले जाडोको समयमा सुकुम्बासी तथा विपन्न समुदायलाई लक्षित गरी गरिएको यो सहयोग अत्यन्तै समयसापेक्ष र सराहनीय रहेको बताए । उनले स्थानीय तह र राजनीतिक दलको सहकार्यबाट यस्ता मानवीय कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए । न्यानो कपडाले सन्थाल समुदायलाई चिसोबाट जोगिन सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरे ।

स्थानीय बासिन्दाले जाडोको कठोर समयमा प्राप्त सहयोगले ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार