दमक थुलुङ डेन्टलले गर्यो इन्द्र लोहनी स्मृति विद्यालयमा दन्त शिविर

२०८१ माघ १९, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको कमल गाउँपालिका वडा नम्बर २ देबीचौनस्थित इन्द्र लोहनी स्मृति विद्यालयमा आज एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

इन्द्र लोहनी स्मृति विद्यालयको आयोजनामा र दमकस्थित थुलुङ्ग डेन्टलको प्राविधिक सहयोगमा शुक्रबार निःशुल्क दन्त शिविर सम्पन्न भएको हो । इन्द्र लोहनी स्मृति विद्यालयमा आयोजित शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरूले निःशुल्क दन्त जाँच गराएका छन्।

कार्यक्रमका प्रमुख अतिथि दमक थुलुङ्ग डेन्टलकी सञ्चालिका डा.सोफिया थुलुङ्ग राई रहनुभएको थियो। सो शिविरमा देबीचौनसहित स्थानीयवासीहरु गरेर २ सय ५० बढी लाभान्वित भएका छन्। शिविरमा विद्यार्थी तथा अभिभावकलाई दाँतसम्बन्धी र दन्त रोगहरूबारे जानकारी पनि प्रदान गरिएको थियो।

दन्त शिविरमा दमक नगर इसाई समाजले सहयोग उपलब्ध गराएको थियो । समाजले शिविरमा सहभागीहरुका लागि पिउने पानी, चिया र खाजाको प्रवन्ध गरिएको दन्त शिविर कार्यक्रम संयोजक तथा पत्रकार कमल कटुवालले जानकारी दिनुभयो ।

त्यस्तैं, सो शिविरमा दन्त परीक्षण गराएका बिरामीहरूले दमक थुलुङ्ग डेन्टलमा उपचार गराउँदा २५ प्रतिशत छुटको व्यवस्था गरिने डाक्टर सोफिया थुलुङ राईले बताउनुभयो ।

दन्त शिविरमा देवीचौन टोल विकास समितिका अध्यक्ष इन्दिरा खड्का, डा.हाङमा माखिम, निकिता घिमिरे, सरतराज राजवंशी लगायतको उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य विद्यालयकी सहायक प्रधानाध्यापक भूमिका चापागाईले र सञ्चालन अर्चना कार्कीले गरेकी थिइन् ।

शिविर समापन अवसरमा इन्द्र लोहनी स्मृति विद्यालय र दमक थुलुङ्ग डेन्टलबीच अन्तर्क्रिया कार्यक्रम समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार