खेलकुद विकास समितिमा लामाले गरे पदभार ग्रहण

२०८० चैत्र २६, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

उर्लाबारी – मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा इन्द्र लामा नियुक्त भएका छन् ।

नवनियुक्त अध्यक्ष लामाले एक कार्यक्रमकाबीच जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।

अध्यक्ष लामालाई आइतबार खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन पोख्रेललगायतले कार्यकक्षमा स्वागत गरेका थिए ।

लामा लामो समयदेखि कराँतेमा आबद्ध रहँदै आउनुभएको छ । उहाँ माओवादी कोटाबाट अध्यक्षमा नियुक्त हुनुभएको हो ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष लामाले मोरङको खेलकुदको विकासका लागि आफू हरदम लागिरहने बताउनुभयो ।

‘हामी नेतृत्वमा आएपछि कुनैपनि पक्ष भनेर लाग्नु हुँदैन’ लामाले भन्नुभयो – ‘खेलकुदको विकासका लागि सबैसँग समन्वय गरेर, सबैको सल्लाह अनुसार नै अगाडि बढ्ने छु।’

उर्लाबारी ९ निवासी लामा सितोरियो कराते संघ मोरङका कार्यबहाक अध्यक्षसमेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय