गौरादह / झापाको गौरादहमा पहिलो पटक वडास्तरीय डोरी तान प्रतियोगिता हुने भएको छ । यहाँ रहेको सारथी युवा क्लबले आउदो चैत्र २४ गते जनता माविको खेल मैदानमा प्रतियोगिता गर्न लागेको हो ।
परापूर्वकालबाट खेल्दै आएको डोरी तान खेललाई पुनर्जीवित गर्दै प्रचारप्रसारको अभावमा ओझेल परेको खेल संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष गोबिन्द कंडेलले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत चैत्र २४ गते १० बजेभित्र टिमहरुको आगमन, तौल लिने, टिममिटिङ हुने र सोही दिन खेल सञ्चालन हुने खेल संयोजक मन्तोष विमलीले जानकारी दिए । प्रतियोगिताका खेलहरु नकआउटका आधारमा खेलाइनेछ ।
प्रतियोगिताको विजेतालाई ११ हजार र उपविजेतालाई ९ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको हकमा राष्ट्रिय परिचयपत्र (नागरिकता) मा उल्लेख भएको ठेगाना वा बसाइँसराइको कागजात वा वडा कार्यालयबाट स्थायी बसोबासको प्रमाणीकरण अनिवार्य गरिएको छ ।
यस्तै, प्रत्येक टोलीमा ८ जना खेलाडी समावेश गर्न पाइने र ८ जना खेलाडीको तौल ६४० केजी वा कम हुनुपर्ने आयोजकले जनाएको छ ।





