दमकमा भाटभटेनीको २७ औं स्टोर सञ्चालन

२०८० फाल्गुन २३, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मुलुककै ठूलो चेन सुपरस्टोर भाटभटेनीले झापाको दमकमा आजबाट २७ औं स्टोर सञ्चालनमा आएको छ । उक्त स्टोरको आज एक कार्यक्रमका बीच भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले उद्घाटन गरे ।

भाटभटेनीको झापामा यो दोस्रो स्टोर हो । यसअघि बिर्तामोडमा २६ औ स्टोर सञ्चालनमा आइसकेको छ । दमक–९ मा शिलान्यास गरेको १३ महिनामै भाट्भटेनीले नयाँ स्टोर सञ्चालनमा ल्याउन सफल भएको अध्यक्ष गुरुङले बताए ।

१४ कट्ठा क्षेत्रफलमा करिब १ लाख १६ हजार स्क्वायरफिट सपिङ्गस्पेस सहित यो स्टोर करिव १ अर्ब ५० करोड बढी लगानी रहेको छ । कोशीमा दमकसहित झापाको विर्तामोड,सुनसरीको धरान, बिराटनगर तथा इटहरीमा स्टोर सञ्चालनमा छ ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्न भाटभटेनीको स्थापनाले आर्थिक चलायमान हुनुको साथै यस क्षेत्रको समग्र आर्थिक गतिविधीलाई नै थप टेवा पुग्ने उनको भनाई छ ।

भाटभटेनी ब्यवसायसंगै यो रोजगारी अभियान पनि रहेको बताउदै अध्यक्ष गुरुङ्ले भाटभटेनी दमक तथा यस क्षेत्रका उपभोक्ताका लागि सपिङकै पहिलो रोजाई बन्ने उनले बिश्वास लिएको सुनाए ।

आजबाट सञ्चालनमा आएको यस स्टोरले उद्घाटनका अवसरमा आम ग्राहकहरुको सुविधालाई मध्यनजर गरि प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको ब्यवस्था समेत उपलव्ध गराईएको स्टोरका क्षेत्रीय ब्यवस्थापक बिनोद भट्टराईले बताए ।

यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किड्स जोन तथा स्केट पार्क लगायतका सुबिधाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार