दमकका दुई अस्पतालमा राजस्व कार्यालयको छापा, कागजात नियन्त्रणमा

२०८० फाल्गुन १७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आन्तरिक राजश्व कार्यालय दमक र प्रशासनको टोलीले आज बिहिवार दमकका दुई हस्पिटलमा आकस्मिक छापा मारेको छ ।

आन्तरिक राजश्व कार्यालय दमक र इलाका प्रशासन कार्यालय दमकको संयुक्त टोलीले दमक ८ स्थित दमक हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा. लि र ॐ शान्ति डेन्टल हस्पिटल दमक ५ मा आकस्मिक छापामारेको हो ।

कर कार्यलय प्रमुख लभ कुमार अधिकारीले छापामारेको पुष्टि गर्दै कर कार्यालयको अधिकार क्षेत्र भित्र रहेर आवश्यक अनुसन्धान गर्नुपर्ने भएका कारण छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिइएको बताए ।

उनका अनुसार ति दुबै स्थानबाट आवश्यक कागजात ल्याईएको छ । दमक हस्पिटल प्रा. लि स्वास्थ बीमा कार्यक्रम समेत संचालन गरिरहेको अस्पताल हो ।

सो अस्पतालले स्वास्थ्य बीमाको सुबिधा लिएका बिरामीको कागजात मिलाएर अतिरिक्त पैसा समेत लिने गरेको सर्वत्र गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार