सभापति कोइरालाको रवैयाले काङ्ग्रेस कार्यकर्ता आजित

२०८० माघ ६, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापाको गाैरादह नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले एमालेसँग घाँटी जाेडेर हिडेपछि कांग्रेसकाे कर वृद्धि विरुद्धको आन्दोलन कमजोर बन्ने देखिएको छ ।

खासगरी २ नम्बर वडाका वडाध्यक्ष एवंम नगरकाे आर्थिक समितिका संयाेजक गाेपाल काेइरालाले कार्यपालिका बैठकमा एमालेको समर्थन गर्ने र कांग्रेस बैठकमा सहभागी नहुने गतिविधि गर्न थालेपछि आन्दोलन कमजोर हुने देखिएको हाे ।

गत स्थानीय निर्वाचनमा कांग्रेस उमेदवार राेहितकुमार साह १ हजार ३६४ मतले एमाले उमेदवार छत्रपति सुवेदीसँग  पराजित भएका थिए । त्यसबेला तत्कालीन नगर सभापति यादवराज सेढाईविरुद्ध अन्तरघातकाे आराेप लाग्याे । जसकाे परिणाम अन्तिममा, सेढाई कांग्रेस राजनीतिबाट अलग भए । १४ ओैं महाधिवेशनमा उनै सेढाईसँग २ मतले हारेका काेइरालाकाे हर्कत अहिले कांग्रेस बिरुद्ध छताछुल्ल भएको छ ।

दुई मतले हारेको भन्दै झापा कांग्रेसले काेइरालालाई कार्यवाहक सभापति बनाएपछि उनकाे चुरिफुरी बढेको छ । विधानमा हुँदै नभएको व्यवस्थाबाट टिके सभापति भएका काेइराला एमालेसँगकाे सेटिङमा कमाउ धन्दामा लागेका छन् । `टिके सभापति´काेइरालाले कांग्रेस बिर्सिएकाे आराेप कार्यकर्ताहरूकाे छ । मेयर सुवेदीलाई रिझाएर बजेट ल्याउने र एमाले कार्यकर्तालाई उपभोक्ता समितिकाे अध्यक्ष बनाएर काम गरेको आराेप छ ।

नेपाली कांग्रेस गौरादह नगर समितिले भुमिकर, घर बहालकर, एकीकृत सम्पत्ति कर, सम्पत्ति कर  र सबैखाले सिफारिसमा अत्यधिक रकम वृद्धि गरेको भन्दै विरोध गर्दै आएकाे छ । कांग्रेसबाट चुनाव जितेका काेइराला भने न कांग्रेसको बैठकमा जान्छन्, न आन्तरिक रुपमा आन्दोलनलाई उर्जा दिन्छन् । उल्टाे मेयरसँग मिलेर कांग्रेसकाे आन्दोलन तुहाउन सक्रिय भएको कार्यकर्ता दाबी गर्छन ।

कांग्रेसको नगर सभापतिकाे समेत जिम्मेवारीमा काेइरालाले कर वृद्धि सम्बन्धि विषय कार्यपालिका बैठकमा पेश हुनु अघि नै पार्टीमा छलफल गर्नुपर्ने कांग्रेस कार्यकर्ता बताउँछन् । आर्थिक समितिकाे सदस्य समेत भएको व्यक्तिले कर वृद्धि सम्बन्धि कानुन र दररेटकाे विषयमा अग्रिम सूचना पाउँछ । कोइरालाले पार्टीमा छलफल बिना कर वृद्धिको विषयमा एक्यवद्धता जनाउँदै हस्ताक्षर गरेका थिए ।

त्यतिमात्र हाेइन, पार्टीको विस्तारित बैठकमा कर वृद्धिकाे विषयमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले फरक मत राख्ने र संसाेधन प्रस्ताव टेवुल गर्ने निर्णयमा हस्ताक्षर गरेका काेइरालाले आफ्नो निर्णय नै कार्यान्वयन गर्न सकेनन् ।

कांग्रेस बैठकमा नआउने र कतिपय विषयमा कार्यकर्ताले साेधेका विषयकाे जवाफ समेत नदिने काेइरालाकाे सुवेदी `कनेक्सन´ले कांग्रेसीहरू आजित भइसकेका छन् । हुनत स्थानीय निकायमा विपक्षी दलकाे कल्पना गरिएको छैन । त्यसाे भन्दैमा खाेलाे तरेर लाैराे फाल्नु नहुने कांग्रेस कार्यकर्ताकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय