कमल गाउँपालिकामा फल्यो अहिले सम्मकै ठुलो सिमल तरुल

२०८० पुष १८, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको कमल गाउँपालिका वडा नं. २ का एक कृषकको खेतमा अहिले सम्मकै ठुलो सिमल तरुल फलेको छ । गाउँपालिका २ समयगढ निवासी कर्ण बहादुर गुरुङ्गको खेतमा फलेको सिमल तरुलको तौल १६ किलो ५ सय ग्राम र लम्बाई साढे आठ फुट रहेको स्था छ ।

गुरुङ्गको खेतमा अहिले सम्मकै ठुलो सिमल तरुल फलेको जानकारी पाएपछि कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गुरुङ्गको घरखेतमै पुगेर प्रोत्साहन बापत २ हजार ५ सय रुपैया नगद पुरस्कृत गरेकाछन् । यो त किसानका लागि खुशिको कुरा हो, अध्यक्ष राईले भने । सिमल तरुलको ब्यवसायीक खेती गर्नका लागि प्रोत्साहन गर्नका लागि आफुले पुरस्कृत गरेको पनि उनले जनाए ।

अहिलेसम्म सिमल तरुल एउटा जरो यति लामो र ठुलो परिमाणको अहिलेसम्म नभेटिएको जनाइन्छ । सामान्यतया आधा केजीदेखि १ केजीसम्मको त देखिदै आएको भएपनि १६ केजीको एउटै सिमल तरुलको जरा विरलै भेटिने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार