दशैँका लागि शुक्रबारदेखि नयाँ नोट सटही

२०७६ आश्विन ९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – दसैं र तिहारलाई लक्ष्य गरी राष्ट्र बैंकले शुक्रबारदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) गर्ने भएको छ।
यसका लागि राष्ट्र बैंकले आन्तरिक तयारी पूरा गरिसकेको छ।
बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिसकेको राष्ट्र बैंकले जनाएको छ।राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो।यो वर्ष पनि सोही हाराहारीमा नोट बाँड्ने तयारी रहेको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए। बैंक तथा वित्तीय संस्था र अन्य संघ/संस्थालाई पहिलो साता (५/६ गते) देखि नै नोट वितरण गरिसकेको छ।ती संस्थाले पहिल्यै नयाँ नोट पाइए पनि सर्वसाधारणले दोस्रो सातादेखि नोट सटही सुविधा पाउने प्रवक्ता निरौलाले बताए।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय