आज पनि बढ्यो सुनको भाउ

२०७६ मंसिर ४, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – सुनको मूल्य उकालो लाग्ने क्रमले बुधबार समेत निरन्तरता पाएको छ । साताको सुरुवातदेखिनै सुनको मूल्यमा उकालो लाग्ने क्रम बुधबार समेत निरन्तरता देखिएको छ ।

नेपाल सूनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक भएको सूनको मूल्यमा मंगलबारभन्दा बुधबार बृद्धि भएको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको दररेट अनुसार सोमबार छापवाला सून ७२ हजार एक सय रहेको छ । मंगलबार सोही सुन ७२ हजार प्रतितोला कारोबार भैरहेको थियो ।\

बुधबार तेजाबी सुन प्रतितोला ७१ हजार आठ सयमा कारोबार भैरहेको हो । चाँदी प्रतितोला आठ सय ६५ मा रुपिया प्रतितोला कारोबार भैरहेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार