‘दराज’को ठगी प्रकरण : अनुसन्धान हुँदै, कैफियत भेटिए कारबाही गरिने

२०७६ कार्तिक २६, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – पछिल्लो समय अनलाइन सपिङ कम्पनी ‘दराज’ विरुद्ध ठगीको उजुरी बढ्न थालेको छ । यसरी दराजविरुद्ध ठगीको उजुरी बढ्न थालेपछि वाणिज्य आपूर्ति तथा उपभोक्तासहित संरक्षण विभागले छानविन सुरु गरेको छ ।

आफ्नो अर्डर अनुसारको सामान नआएको भन्दै दराजविरुद्ध उजुरी परेपछि छानविन सुरु गरिएको विभागले जनाएको छ । गएशुक्रबार अनलाइन सपिङ कम्पनी दराजको नक्शालस्थित कार्यलय अनुगमन गरी २४ घण्टाभित्र उपस्थित हुन विभागले पूर्जी काटेको जनाएको थियो ।

अब दोस्रो चरणमा कम्पनीको कागज–पत्र अध्ययन गर्ने विभागका अनुगमन शाखा अधिकृत रमेशकाजी श्रेष्ठको भनाइ छ । अनलाइन सपिङ कम्पनी दराजविरुद्ध यही कात्तिक २१ गते उजुरी परेको विभागका निमित्त महानिर्देशक नोख बहादुर बस्यालले जानकारी गराए ।

जहाँ उजुरीकर्ताले मिनीफोकस ब्राण्डका घडी अर्डर गर्दा अर्कै ब्राण्ड फ्रोसको घडी पठाएको उजुरीमा उल्लेख गरिएको छ । यसै उजुरीका आधारमा विभागले छाबिन प्रक्रिया अगाडि बढाएको हो ।

अहिले अनुसन्धानको क्रममा रहेको र कैफियत भेटिएको खण्डमा कारबाही गरिने निमित्त महानिर्देशक बस्यालले बताए ।

दराजले उद्योगमा दर्ता गरी वाणिज्य सम्बन्धी व्यापार गर्दै आएको छ । जुन नीतिगत रुपमै स्पस्ट देखिने ठगी हो । त्यति मात्र नभई कुनै सामानको व्यापार गर्न सम्बन्धित विभागको अनुज्ञा–पत्र लिनुपर्छ ।

तर, दराजले विभागसँग कुनैपनि वस्तु विक्री गर्नका लागि अनुमति लिएको छैन । यस बाहेक दराजले सेल अफर भन्दै कुनै पनि वस्तुको मूल्यमा भारी छुट दिएको वेवसाइटमा देखिन्छ । तर, उक्त सामान खरिद गर्ने हो भने दराजले कमसल, गुणस्तरहीन र सस्तो मूल्यको सामान पठाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार