काठमाडौं – केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले सफलताउन्मुख रहेको रिपोर्ट विश्व बैंकले सार्वजनिक गरेको छ । विश्व बैंकले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको रिपोर्ट सार्वजनिक गरेको हो । व्यवसाय गर्न सजिलो अथवा अप्ठ्यारो अवस्था बुझाउने डुइङ बिजनेश प्रतिवेदनमा नेपालले उत्साहजनक सुधार गरेको हो । विश्व बैंकले प्रकाशन गर्ने सन् २०२० को प्रतिवेदनमा नेपालले ९४ औं स्थानमा परेको छ । यसअघि एक सय १० औं स्थानमा थियो । यो पटक नेपालले १६ स्थान सुधार गरको छ ।
विश्वका १९० देशहरुमा व्यवसायजन्य नियम कानूनहरूको अवस्थाम अध्ययन गरेर हरेक वर्ष डुइङ बिजनेस प्रतिवेदन प्रकाशन गर्ने गरिन्छ । प्रतिवेदनमा विभिन्न १० सूचक र त्यसभित्र पनि अनेकन उपसूचक का आधारमा व्यवसाय गर्ने वातावरण कस्तो छ भनेर तुलना गर्ने गरिन्छ । प्रतिवेदनका अनुसार नेपालले गत वर्षको तुलनामा निर्माणको अनुमति लिने, ऋण लिने, विदेशमा व्यापार गर्ने तथा करार कार्यन्वयन गर्ने प्रक्रियाहरुमा सुधार गरेको छ ।
यो प्रतिवेदनलाई अर्थविदहरुले पनि सकारात्मक भनेका छन् । अर्थविद स्वर्णिम वाग्लेले नेपालले सुधार गर्दै लगेको सन्देश गएको र अझै मिहिनेत गर्नुपर्ने बताए ।