घट्यो सुनको मूल्य !

२०७६ आश्विन २७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – आज (सोमबार) सुनको मूल्यमा गिरावट आएको छ ।

आइतबार ७० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तीन दिनदेखि स्थिर रहेको चाँदी तोलामा ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय