एउटा घोडा किन्न दुबईका शासकले खर्च गरे ४५ करोड रुपैयाँ

२०७६ आश्विन २३, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – विश्वकै उत्कृष्ट ‘रेसहर्स’ (दौडमा प्रयोग हुने घोडा) किन्न सस्तो छैन तर यो वर्ष कै महँगो घोडाका लागि ४३ लाख ५६ हजार डलर खर्च गरिँदा यस उद्योगमा आबद्ध मानिसहरु नै दङ्ग परेका छन् ।

घोडाहरुको दौडमा आगामी सुपरस्टार मानिएको उक्त युवा घोडाका लागि निकै ठूलो प्रतिस्पर्धा भएको थियो । तर, दुबईका शासक शेख मोहमद बिन रसिद अल मक्तुम बेलायतको टाटरसाल्स अक्टोबर यार्लिङ सेलमा पुगेर उक्त घोडा खरिद गर्न सफल भएका छन् ।

ग्रुप वान विजेता बार्नी रोयको भाइ रहेको उक्त घोडामाथि अब सबैको ठूलो अपेक्षा रहनेछ ।

‘यो निकै उत्कृष्ट घोडा हो र निकै तीव्र गतिमा दौडिन सक्छ,’ शेखका प्रतिनिधिले भने, ‘यसलाई शेख मोहमदले चुनेका छन् । आज उनको लागि यो सबैभन्दा प्रिय थियो । हामीले सोचभन्दा बढी नै खर्च गर्नुपरे पनि यस्ता घोडा किन्न कहिलेकाहिँ यतिसम्म पनि गर्नैपर्छ ।’

प्रतिस्पर्धी कुलमोरले पनि यो घोडाका लागि ठूलो धनराशी खर्चन तयार देखिएपछि शेखले यति धेरै रकम खर्च गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार