पुनः कपाल उमार्न सक्ने उपकरण आविष्कार

२०७६ आश्विन १३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – अमेरिकाको एक अनुसन्धानकर्ताले पुनः कपाल उमार्न सक्ने उपकरण आविष्कार गरेका छन् ।

विस्कन्सिन–म्याडिसन विश्वविद्यालयको प्रोफेसर जूडोगं वांगले एक टोपीको रुपमा कपाल पुनः उमार्ने यस्तो उपकरण बनाएका हुन् ।
उक्त उपकरणलाई बिना रौंको मुसामा परिक्षण गरि सफल भए पश्चात प्रोफेसर वांगको यस अनुसन्धानलाई ‘एसीएस न्यनो’ नामक जनरलमा प्रकाशित गरिएको हो ।

प्रत्येक दिनको केही समय मात्र प्रयोग गर्दा उपयुक्त हुने यस उपकरण प्रयोगकर्ताका लागि ज्यादै उपयोगी र प्रभावकारी रहेको मानिन्छ । टोपीकै रुपमा प्रयोग गरिने यस उपकरणले कपालको रौंलाई उत्तेजित गर्नका लागि इलेक्ट्रिक पल्सेज पठाउँछ । यही पल्सेजले सीरको कपाललाई पुनः उमार्न सहायता प्रदान गर्दछ तर निदाएको समयमा उर्जा प्राप्त नहुने कारण सुतेको समयमा यसको प्रयोग गर्न नहुने प्रोफेसर वांगले बताएका छन् ।
संसारका अधिकांश मानिसहरु कपाल झर्ने समस्याबाट चिन्तित भएका छन् । तालु खुइलिने जस्ता समस्यालाई विषयवस्तु बनाएर टोपीको रुपमा प्रयोग गरिने उपकरणको आविस्कार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार