मालीमा लडाकु समूहले गरेको आक्रमणमा परि २४ सैनिक मारिए

२०७६ मंसिर ३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – अफ्रिकी मुलुक मालीमा लडाकु समूहले गरेको आक्रमणमा परि २४ सैनिक मारिएका छन् । माली, निगरले गाओ सीमा क्षेत्रमा सञ्चालन गरेको संयुक्त सैनिक कारवाहीको क्रममा २९ जना सैनिक घाइते भएको बताइएको छ । माली सैनिकले निजरतर्फ १७ जना लडाकु मारिए र एक सय जनालाई पक्राउ गरेको जनाएको छ ।

मालीमा एक साताअघि मात्रै ५४ सैनिक मारिने गरि लडाकु समूहले आक्रमण गरेको थियो । सो आक्रमणलाई पछिल्लो दशकमा भएको सबैभन्दा ठूलो आक्रमणको रुपमा व्याख्या गरिएको छ । सोमबारको आक्रमणको विषयमा सबै विवरणहरु स्पष्टसँग आएको छैन । अधिकारीहरुले आक्रमण गर्ने समूह कुन हो भनेर केही जानकारी गराएका छैनन् । माली सेनाले आफ्नो ट्विटर एकाउन्टमा जलेका मोटर साइकलहरुको तस्वीर राखेको छ । सो घटनामा ७० मोटरसाइकल जलेको जनाएको छ ।

सन् २०१२ मा इस्लामिक पृथकतावादी समूहले विद्रोह शुरु गरेदेखि नै मालीमा हिंसात्मक घटना हुदै आएका छन् । त्यस क्रममा लडाकुहरुले थुप्रै शहरमाथि कब्जा जमाएका थिए । तर पछि फ्रान्सेली सैनिकको सहयोगमा मालीले ती शहरहरुमाथि नियन्त्रण गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार