उत्तरी सिरियाको अल-बाब शहरमा कार बम हमला : १८ को मृत्यु, ३३ घाइते

२०७६ मंसिर १, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – उत्तरी सिरियाको अल–बाब शहरमा कार बम हमला हुँदा १८ जनाको मृत्यु भएको छ ।

टर्की–नियन्त्रित क्षेत्रमा भएको हमलामा मारिनेहरुमा अधिकांश सर्वसाधारण छन् । बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले घटनामा अरु ३३ जना घाइते भएको र केहीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको छ ।

बम शहरको बस तथा ट्याक्सी पार्किङ स्थलमा बिस्फोट गराइएको थियो । टर्की र सिरियाभित्र सक्रिय समूहहरुले उत्तरी सिरियाका विभिन्न इलाकामा सन् २०१६ देखि नियन्त्रण कायम गरेका छन् ।

आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । सन् २०१७ को फेब्रुअरीमा इस्लामिक स्टेट समूहको कब्जामा रहेको यो नगर क्षेत्रलाई टर्कीको सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय