इन्डोनेसियमा शक्तिशाली भूकम्प

२०७६ कार्तिक २९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – इन्डोनेसियाको शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान मालुकु ७ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ७३ किलोमिटर गहिराइमा थियो । मानवीय र भौतिक क्षतिको विवरण भने आइसकेको छैन । यो भूकम्पपछि जारी गरेको सुनामीको चेतावनी फिर्ता लिएको छ ।

स्थानीय टेलिभिजन च्यानलका अनुसार भूकम्पको धक्काका कारण उत्तरी सुलावेसी र उत्तरी मालुकु प्रान्तमा त्रास पैदा भएको छ । सरकारले पनि विशेष गरी उत्तरी सुलावेसी प्रान्त र उत्तरी मालुकी प्रान्तका बासिन्दालाई नै सतर्क रहन भनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार