यस्तो छ फेसबुकको नयाँ लोगो !

२०७६ कार्तिक २१, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो नयाँ लोगो परिवर्तन गरेको छ ।विभिन्न सोशल मिडियाभन्दा अलग देख्नका लागि कम्पनीले नयाँ लोगो सार्वजनिक गरेको हो ।

कम्पनीले आफ्नो एप र वेबसाइटलाई अरु भन्दा फरक पार्नलाइ नयाँ ब्राण्डिङका लागी तयार गरिएको बताएको छ ।

त्यस्तै कम्पनीले छिट्टै नै नयाँ लोगो र आधिकारीक वेबसाइटका साथ बजारमा नयाँ उत्पादनहरु पनि ल्याउने तयारी रहेको बताइएको छ ।फेसबुकका अनुसार, नयाँ लोगो खास कस्टम टाइपोग्राफीबाट बनाइएको छ भने आगामी केही हप्ताबाट नै इंस्टाग्राम र ह्वाट्सएपमा नयाँ फेसबुक ब्रान्ड सुरु हुनेछ । अरुभन्दा फरक देखिने नयाँ लोगो क्यापिटल लेटरमा रहने समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार