एजेन्सी – विश्व चर्चित आतंकवादी संगठन आईएसका नेता अल बग्दादी मारिएका छन ।
विश्वका सबैभन्दा खोजी गरिएका उनलाई अमेरिकी फौजले मारेको हो । फौजको कारबाहीमा परीे ठुलो सङ्ख्यामा अल बग्दादीका अनुयायीहरू मारिएका छन भने धेरैलाई नियन्त्रणमा समेत लिईएको छ । अमेरिकी विशेष फौजको घेराबन्दीमा परेपछि अल बग्दादीले एउटा “सुसाइड भेस्ट” समेत विस्फोट गराएका थिए ।
अल बग्दादी मारिएपछि अमेरिकी राष्ट्रपति डोनल ट्रम्पले भने, “अल बग्दादीलाई समात्नु वा मार्नुमा मेरो प्रशासनको प्रमुख राष्ट्रिय सुरक्षा प्राथमिकता रहिआएको थियो । निकै कठिनाई र मृत्यु निम्त्याएका एक क्रुर हत्यारा हिंसात्मक रूपमा निर्मूल पारिएका छन ।” राष्ट्रपति ट्रम्पले मारिनेहरूमा उनकी दुई श्रीमती पनि रहेको पुष्टि गरेका छन ।
को थिए अल बग्दादी?
सिरिया र इराकको ठूलो भूभागमाथि कब्जा जमाएपछि सन् २०१४ मा चर्चामा आएको चरमपन्थी इस्लामवादी समूह ‘आईएस’ का नेता अल बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे । सन १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्मिएका उनी एक अत्यन्तै व्यवस्थित र क्रूर विद्रोही योद्धाका रूपमा कुख्यात थिए ।
अरूका भनाइमा चाहिँ दक्षिण इराकस्थित अमेरिकी शिविर क्याम्प बुक्कामा चार वर्ष बन्दी बनाइएपछि बग्दादी कट्टरपन्थी भएर निस्किए । सो शिविरमा कैयौँ अल कायदा कमाण्डरहरूलाई राखिएको थियो । सन् २०१० मा बग्दादी इराकमा अल कायदाको नेताका रूपमा उदाए । पछि सो समूह आइएसमा समाहित भएको थियो । सिरियाको अल नुसरा गुटसँग जोडिने प्रयास भइरहेको बेला बग्दादी उक्त सङ्गठनको उच्च नेतृत्वमा उदाए । सन २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारिक रूपमा आतङ्कवादी घोषणा गर्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार दिने घोषणा समेत गरेको थियो ।