बदलिँदाे परिवेशमा विकासका लागि समय सापेक्ष रूपमा आफूमा पनि सकारात्मक परिवर्तन गर्नु जरूरी हन्छ । हाम्राे सफलतामा हाम्राे व्यक्तित्वकाे विकासमा निर्भर हुन्छ । त्यसैले बदलिँदाे परिवेशमा आफ्नाे व्यक्तित्वमा परिवर्तन ल्याउन जरूरी हुन्छ । सधैँ आफू भित्रकाे नराम्राे बानी त्यागी राम्राे बानी अपनाउनुहाेस् । याे काम निकै गाराे हुन्छ । त्यसैले यस कामका लागी उपयूत्त समय नयाँ वर्ष भन्दा अरू कुनै हुन सक्दैन ।
योगा र ध्यान गर्नाले हाम्राे स्वास्थ्यमा यस्ताे परिवर्तन
आजभोली शहरी इलाकामा बस्ने धेरै मानिसहरु मोटोपनाको शिकार भएको पाइन्छ । मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि धेरैले विभिन्न उपायहरु अपनाउँछन् ।
ती मध्ये सबैभन्दा सरल र प्रभावकारी उपाय हो नियमित योगा र ध्यान गर्ने । नियमित योगा र ध्यान गर्नाले धेरै हाम्रो शरीर चुस्त दुरुस्त त हुन्छ नै यसले शरीरको रोग प्रतिरोधी प्रणालीमा पनि सुधार गर्छ ।
योगा र ध्यानमा मानव शरीरका केही यस्ता राज लुकेका छन् जसले हाम्रो डिएनए परिवर्तन गरेर क्यान्सर जस्ता कैयौं घातक रोगहरुबाट टाढा राख्न सक्छ ।
यस्तोमा वैज्ञानिकहरुले एन्टी इन्फ्लेमेटरी जिन्स पत्ता लगाएका छन् जसले शरीरलाई सकि्रय र स्वस्थ मात्रै राख्ने होइन बरु आयु पनि बढाउँछ । साथै एन्टी इन्फ्लेमेटरी जीन्सले क्यान्सरको जोखिमलाई पनि कम गर्छ । यो कुरा सुन्दा अलि अचम्मको जस्तो लागेपनि यो सहि हो ।
आउनुहोस् जानीराखौं, योगा र मेडिटेसनका केही यस्ता अदभुत फाइदाको बारेमा
क्यान्सरको जोखिम कम हुन्छ
विश्वमा अहिले मानव शरीरलाई बुझ्नको लागि नयाँ रिसर्चहरु भैरहन्छ । हालसालै गरिएको एक अध्ययनका अनुसार योगा र ध्यानले क्यान्सरको जोखिमलाई सजिलैसँग कम गर्न सकिने पत्ता लागेको छ ।
मानिस योगा र ध्यानको माध्यमले आफ्नो दिमाग र शरीरमाथि नियन्त्रण गर्न सक्छन् । ध्यान गर्ने मानिसहरुमा इन्फ्लेमेसन धेरै हुने मोलिक्युलको उत्पादन कम हुन्छ । र, इन्फ्लेमेसन कम भएमा क्यान्सरको जोखिम पनि कम हुन्छ ।
मानसिक स्वास्थ्य राम्रो हुन्छ
आजको दिनमा कैयौं मानिसहरु योगा र ध्यानको फाइदा उठाइरहेका छन् । र, यसको स्वास्थ्य फाइदाहरुमा रमाइरहेका छन् ।
यो कुरा धेरै कम मानिसहरुलाई मात्रै थाहा छ की यसको फाइदा हाम्रो शरीरमा मोलिक्युलर लेभलबाट हुन थाल्छ । अर्थात योगा र ध्यानले शरीरको जेनेटिक कोड पनि परिवर्तन गर्न सकिन्छ ।
यसको एक फाइदा मानसिक स्वास्थ्यमा सुधार पनि हो । ध्यान र योगाले स्मरणशक्ति तिक्ष्ण हुन्छ, तपाईं सहि किसिमले कुनै चीजमा केन्दि्रत हुन पाउनुहुन्छ र एकाग्रता पनि बढ्छ ।
तनाव कम हुन्छ
आजभोली हामीले कैयौं यस्ता रोगहरुको सामना गर्नुपरेको छ जसको बारेमा हामीले कहिल्यै पनि सुनेका थिएनौं । यसको सबैभन्दा ठूलो कारण हो हाम्रो जीवनशैली र चौबिसै घन्टा स्ट्रेसमा रहने दैनिकी ।
यदि सही ढंगले योगा र ध्यान गर्ने हो भने हाम्रो जिन्दगीबाट तनाव भाग्छ । अर्थात यो एक यस्तो एन्टिडिपि्रसेन्ट हो जसले फाइदा नै फाइदा गर्छ ।
ध्यान र योगाको प्रक्रियामा हामीले लामो गहिरो सास लिन्छौं र साथै शरीरको स्लो मुभमेन्ट पनि हुन्छ ।
खानपानमा सुधार
अध्ययनबाट योगा र मेडिटेसन प्राक्टिसले हाम्रो खानपानको बानी पनि सुधार्ने तथ्य पनि अगाडि आएको छ । नियमित योगा गर्ने बानीले हाम्रो रुची स्वस्थ खानाको तर्फ बढ्न लाग्छ ।
आहार सुधार हुन्छ मानिस खुसी हुन थाल्छ । यसले आत्मविश्वास पनि बढ्छ र आफ्नो शरीरको ख्याल राख्ने इच्छा पनि बढ्छ ।
शरीरको लचकता बढ्छ
बाहिर क्रियाकलाप नगरिकन दिनभर कम्प्युटरको अगाडि बस्नाले शरीर कैयौं रोगहरुबाट ग्रस्त हुन सक्छ । कम उमेरमै शरीरमा कैयौं किसिमका दुखाईहरु सुरु हुन्छन् ।
हामीलाई व्यस्तताको कारण व्यायाम गर्ने समय पनि मिल्दैन । तर, यदि थोरै समय मिलाए। हामीले आफ्नो शरीरमा ध्यान दिने हो भने यसको फाइदा हामीलाई नै हुन्छ ।
दैनिक थोरै समयसम्म योगा र ध्यान गर्नाले शरीरको लचकतामात्रै बढ्दैन बरु कार्यालयको काम गर्ने उत्साह र जाँगर पनि बढ्छ ।
हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै
के तपाइँ मान्छेको अगाडी बोल्न डराउनु हुन्छ ? यस्ता छन् आत्मविश्वास जगाउने ३ सूत्र
कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपाइले ठक्कर अवश्य पनि खानुहुनेछ । आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ । अध्ययनहरुका अनुसार आत्मविश्वास र सफलता तथा कार्यक्षमताबीच नजिकको सम्बन्ध छ ।
यसैकारणले पनि हामीले देख्ने गरेका सफल मानिसहरु आत्मविश्वासले भरिएका हुन्छन् । वास्तवमा, आत्मविश्वास यस्तो चिज हो जुन जोकोहीले पनि आफूमा विकास र वृद्धि गर्दै लान सक्छौँ । गज्जबको कुरा के छ भने विज्ञानले आत्मविश्वास कसरी बढाउन सकिन्छ भनेर वैज्ञानिक तरिका अन्वेषण समेत गरिसकेको छ ।
लेखकद्वय क्याटी केय तथा क्लेयर सिपम्यानद्वारा लिखित “द कन्फिडेन्स कोड” नामक किताबमा मानिसहरुले आत्मविश्वास कसरी बढाउन सक्छन् भनेर गरेको खोजीको व्याख्या गरिएको छ । उनीहरुको अनुसन्धानअुनसार आत्मविश्वास इच्छिक हुने गरेको वा हाम्रो इच्छामा भर पर्ने देखियो ।
हाम्रो अथक प्रयासले हामीले हाम्रो आत्मविश्वास बढाउन सक्छौँ । तर यो दौरानमा हामी पूरा सिद्ध वा पर्फेक्ट बन्ने प्रयासबाट आफूलाई जोगाउनुपर्छ र ठक्कर खानका लागि पनि तयार रहनुपर्छ ।
यसका लागि त्रुटिपूर्ण नै सही, तर केही कदम लिनुहोस् । असफल बन्नुहोस् । त्यो असफलताले सिकाएको पाठबाट फेरी अर्को कदम लिनुहोस् । आफूलाई विश्वास नबढेसम्म र आफूप्रति गर्व राख्न नसकुञ्जेलसम्म यही विधि दोहोर्याउनुहोस् । आत्मविश्वास जगाउने केही सूत्रहरु यसप्रकार छन् ।
१. आत्मविश्वासी मानिसहरुको वरिपरि रहने गर्नुहोस् ।
एण्जेला डकवर्थका अत्यधिक विक्रि भएको किताब ग्रिटमा व्याख्या गरिएअनुसार आफूलाई चाहिने कुनै पनि बानी वा गुणको विकास गर्नका लागि त्यस्तै बानी वा गुण भएका मानिसहरुको संगत गर्नुपर्छ ।
कुनै समूहमा आफूलाई भिजाउन सक्नु भनेको साँच्चै नै शक्तिशाली कुरा हो । मनोविज्ञानमा आधारित अनुसन्धान अनुसार पनि कोही पनि व्यक्तिले आफूभन्दा भिन्दै तरिकाले सोच्ने वा काम गर्ने समूहबाट थाहै नपाई तुरुन्तै ती बानीव्यवहार टिपिसकेका हुन्छन् ।
यसकारण आत्मविश्वासिलो हुन सकिरहुनभएको छैन भने आत्मविश्वासिला मानिसहरुको संगतमा बस्ने गर्नुहोस् । यसो गर्दा तपाईँले उनीहरु सफल हुन प्रयोग गर्ने विचारको अनुसरण गर्ने मात्र होइन, उनीहरु सरह उनीहरुको बानी पनि सिक्नुहुनेछ ।
यस्ता मानिसहरु सकारात्मक हुने र अरुलाई पनि प्रोत्साहित गर्ने हुँदा आफूमा पटक्कै विश्वास जगाउन नसकेका मानिसहरुले पनि उनीहरुको साथले धेरै कुरा सिक्न सक्नेछन् र आत्मविश्वासी बन्दै जान सक्छन् ।
२. निरन्तर मिहिनेत गर्नुहोस् ।
सफल उद्यमी, नेता, कलाकार वा प्रस्तोता जो भएपनि उनीहरु आत्मविश्वासी र सफल हुनुको कारण भनेकै उनीहरु निरन्तर आफ्नो कार्यमा लागिपर्छन् । आफ्नो सीप सुधारका लागि उनीहरु रातदिन निरन्तर मिहिनेत गर्छन् । मञ्चमा धमाका मच्चाउने कलाकार होस् वा खेलमैदानमा जादु देखाउने खेलाडी वा करौँडौ कमाउने उद्यमी नै किन नुहन् उनीहरु यसै सफल भएका हुँदैनन् ।
उनीहरु आफ्नो कार्यमा सिपालु हुनुमा उनीहरुले मिहिनेतमै कैयौँ समय बिताएका हुन्छन् । उनीहरु यसै नामी भएका पक्कै होइनन् । आफ्नो सन्तुष्टि हुने गरी काम गर्ने ताकत आफूमा भएपछि मात्र आफूमा आत्मविश्वास बढ्ने हो ।
आफूमा कुशलता नल्याइकनै सोचेरै मात्र आत्मविश्वासीलो बन्न सकिन्न । योजनाबद्ध कार्य गर्नाले मात्र यसको प्रतिफल आउँछ । याद राख्नुहोस् है व्यस्त हुनु मात्र मिहिनेत गर्नु होइन, आफूले गरेको कामको प्रतिफल मापन गर्न पनि सक्नुपर्छ ।
समाजशास्त्री डान च्यामब्लिसले ओलम्पिक पौडीबाजहरुमा गरेको अध्ययनले पनि के देखाएको थियो भने, उत्कृष्टभन्दा उत्कृष्ट प्रदर्शनमा खेलाडीहरुले सानोभन्दा सानो कुरालाई पनि मध्यनजर गरेको पाइयो ।
उनीहरुले आफ्नो कामको सुष्म गतिविधिलाई पनि केलाएर त्यसमा सुधार ल्याउन दिनरात खट्ने गरेको पाइयो । यसकारण उनीहरुको कार्यशैलीलाई चमात्कारिक वा इश्वरीय मान्न पर्दैन, यो त उत्कृष्टताको लागि उनीहरुको लगनशीलताको फल हो ।
जब उत्कृष्ट गर्नुपर्ने बानी पर्छ, तब तपाईँ आफै आत्मविश्वासिलो बन्नुहुनेछ । यो बानी विकास गर्नका लागि एक मात्र उपाय भनेको आफ्नो कार्यमा निरन्तर लागिपर्ने हो ।
३. कुनै कार्यको महाहस्ती बन्न चाहनुहुन्छ भने असफलतासँग नडराउनुहोस् ।
कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपाईले ठक्कर अवश्य पनि खानुहुनेछ । असफल हुन कोही पनि चाहन्नन् तर सफल हुनका लागि असफलतासँग डराउन हुन्न ।
असफलताले नै सफलताको रहस्य खुलाउँछ र सफलताले नै आत्मविश्वास बढाउँछ । तपाई जति असफल हुनुभयो, त्यति नै बढी ज्ञान प्राप्त गर्न सक्नुहुनेछ ।
के गर्दा काम बन्छ र के गर्दा बन्दैन भनेर जान्नुहुन्छ । उत्कृष्टता हासिल गर्ने तरिका जति बढी थाहा पाउनुहुन्छ, उति नै तपाईँको ज्ञान बढ्दै जान्छ र यसले तपाईँमा आत्मविश्वास बढ्छ । जति धेरै प्रगति गर्दै जानुहुन्छ, उति नै तपाईँको आफूमाथिको विश्वास कसैले पनि तोड्न सक्दैन ।
१८ पटक सर्वोकृष्ट लेखक बनेका सेठ गोडिनले सर्वोत्कृष्ट किताबहरु निकाल्नुअघि १० वर्ष बुक प्याकेजरको रुपमा काम गरे, हरेक महिना एउटा किताब निकाले, १ सय २० वटा किताब निकाले जसमा धेरैजसो किताबले राम्रो बजार पाउन सकेन ।
यसले उनलाई पाठकमाझ कस्तो किताब लाने भन्नेबारे धेरै कुरा सिकाउन मद्दत गर्यो । त्यस्तै, जेम्स डाइसनले खर्बौ डलर लगानीको भ्याकुम कम्पनी सञ्चालनमा ल्याउनुअघि १५ वर्षसम्म उनले ५ हजार नमुनामा काम गरेका थिए ।
उनका अनुसार हरेक असफलताले उनलाई समाधानको नजिक पुर्याउँदै लग्यो ।आफू जस्तो स्थानमा भएपनि तपाईँ आत्मविश्वासी बन्न सक्नुहुनेछ । यसमा आफुमा उत्कृष्ट हुनका लागि आफूमा विकास गर्नुपर्ने कार्यक्षमताको पहिचान गर्न सक्नुपर्छ । त्यसपछि यसका लागि आवश्यक कार्य निरन्तर निर्वाह गर्नुपर्छ । आफुमा सिपको विकास हुँदै गएपछि, तपार्इँको आत्मविश्वास पनि बढ्दै जान्छ र सफल मानिसको रुपमा तपाईँले अरुमा प्रभाव पार्न सक्नुहुनेछ ।
आत्मविश्वास बढाउने ७ सूत्र
आत्मविश्वास यस्तो क्षमता हो, जसले मानिसलाई अगाडि बढ्न र नयाँ काम गर्नको लागि प्रेरणा प्रदान गर्छ । संसारमा जति पनि सफल मानिस छन्, उनीहरूको सफलतापछि आत्मविश्वासको ठूलो भूमिका छ । उनीहरूले आफैँमाथि विश्वास र ठूला–ठूला निर्णय गरेर जीवनलाई सफल बनाए । यदि तपार्इंमा पनि आत्मविश्वास छ भने मान्नुस्, सफलता धेरै टाढा छैन । यी हुन्, आत्मविश्वासी बन्न सघाउ पुर्याउने केही टिप्स:
१. भित्रैको डर निकाल्नुस्
आत्मविश्वास भन्ने कुरा कसैले फिट गर्दिने होइन । आत्मविश्वास बढाउनका लागि सबैभन्दा पहिला आफूभित्रको डरलाई हटाउन जरुरी हुन्छ । जसका लागि आफ्नो क्षमताको पहिचान गर्न जरुरी छ । आत्मविश्वास बढाउनका लागि आफैँप्रति विश्वास गर्न आवश्यक छ । कुनै व्यक्तिलाई हेरेर मात्र आत्मविश्वास बढ्दैन । त्यसैले आत्मविश्वासका लागि आफैँ तयार हुन प्रयोग गर्नुस् ।
२. कसैसँग भेट्दा
कुनै पनि विधामा सफल हुनका लागि सबैभन्दा महत्वपूर्ण कुरा यो हुन्छ कि, तपार्इंभित्रको आत्मविश्वास । जुनसुकै क्षेत्रका चर्चित व्यक्तिका कथा सुनेपछि तपाईलाई यसको अनुभूति हुन्छ । त्यसैले तपाईंले कसैलाई भेट्दै हुनुहुन्छ भने पहिला आफूभित्रको डर हटाउनुपर्छ र निर्धक्कसँग कुरा गर्नुपर्छ । जसले तपार्इंलाई आत्मविश्वासी बन्न प्रेरणा प्रदान गर्छ ।
३. काममा विश्वास
चाहे तपाईले जुनसुकै काम गर्नुस्, तर विश्वास साथ गर्नुस् । या कुनै कामको सुरुवात गर्दै हुनुहुन्छ भने पनि त्यसप्रति पूर्ण विश्वस्त हुनुस् । सामान्य जीवनशैली र बोल्ने तौर तरिकाले पनि आत्मविश्वास बढाउनको लागि ठूलो भूमिका निर्वाह गर्छ । खाना पकाउने, कुनै व्यक्तिसँग भेट्ने गर्दाका गतिविधिमा समेत आत्मविश्वासको साथ प्रस्तुत हुन जरुरी छ ।
४. डाइट एन्ड फिटनेस
फिटनेस, स्टाइल, डाइटलगायतका कुराले पनि आत्मविश्वासमा भूमिका निर्वाह गर्छ । आत्मविश्वास बढाउनका लागि ड्रेसअप र खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ । सफल व्यक्तिको जीवनलाई हेर्दा पनि उनीहरूको जीवन सफल हुनुमा यसका भूमिका हुन्छन् ।
५. सिक्ने इच्छाशक्ति
नयाँ कुरा सिक्ने र आफैँलाई महत्वपूर्ण बनाउने प्रयास गर्नुस् । जो व्यक्तिमा सिकाइको भोक हुन्छ, उसमा आत्मविश्वास पनि हुन्छ । त्यसैले आफूभित्रको सिक्ने इच्छाशक्तिलाई कहिल्यै मर्न दिनुहुँदैन । यस्तो बानीले बिस्तारै आत्मविश्वासलाई बढाउँदै लैजान्छ ।
६. सकारात्मक सोच
सकारात्मक सोचले जीवनको कैयौँ काममा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, नकारात्मक सोचले स्वयम्लाई ध्वस्त बनाउँछ । हाम्रो सोचले नै सफलताको सम्भावना निर्धारण गर्छ । नकारात्मक घटना या सोचलाई सकारात्मक रूप दिँदा त्यसले पार्ने प्रभावलाई विचार गर्न आवश्यक हुन्छ । तपाईंको आचरणले नै आत्मविश्वास बढाउन भूमिका खेल्छ ।
७. स्माइलिङ
भनिन्छ, प्रेमको सुरुवात मुस्कानबाट हुन्छ । तपार्इंको अनुहारमा भएको मुस्कान या चमकले अरू मानिसलाई पनि आकर्षित गर्न सक्छ । यस्तो बानीले आत्मविश्वासलाई बढोत्तरी गर्नुका साथै सफलता हासिल गर्नको लगि मद्दत गर्छ ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।