काठमाडौँ– पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराई क्षेत्रमा नयाँ-नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रही आएको छ । धनतेरस पछिल्लो समय तराईमा मात्र सिमीत नभई पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ।
धनतेरसको दिन सामानहरु किन्ने र दीपदान गर्ने दिन अर्थात् धनतेरस पर्व साथै काग तिहार पनि हो । काग तिहारको दिनमा प्रत्येक राशिका मानिसहरुले के किन्न हुन्छ र के किन्न हुन्न भन्ने कुरा थाहा पाउन जरुरी रहेको छ । जानेर बुझेर खरिद गरे देखि लक्ष्मीले कहिले साथ नछोड्ने विश्वास पनि रहेको छ ।
यसपालि धन्वन्तरी जयन्ती कार्तिक ९ गतेका दिन परेको छ। यसै दिन स्वास्थ्य के देवता भगवान धनवंतरि जयन्ति पनि परेको छ। शुक्रवार दिन परेको शुक्र प्रदोष समेत रहेको हुँदा ज्योतिषीहरुका अनुसार यस दिन लगभग १०० वर्ष पछि विशेष महासंयोग जुर्दै छ।
शुक्र प्रदोष र धन त्रयोदशीको महासंयोग कार्तिक ९ गते जुर्न लागेको हुँदा यस दिन धेरै शुभ रहने ज्योतिषीहरु बताउँछन्। यस्तै यसै दिन सिद्धि योग समेत बन्दै छ।
ज्योतिष शास्त्र अनुसार धनतेरस भएको दिन कुन राशी भएकोले के किन्न हुने र नहुने तथा पूजा गर्ने बिधि तल विस्तारमा दिईएको छ ।